बिवादित रहेको बीरगंज घंटाघर नजिकै बिपी उद्यानको जमीनमा अबैध तरिकाले संचालन भईरहेको बजार हाल सम्म हटन सकेको छैन् । महानगरपालिकाको नियम बिपरीत संचालन रहेको बिपी उद्यानको जग्गामा वर्षाे देखी तरकारी थोक तथा खुदा्र बजार महानगरपालिकाले पटक पटक हटाउन खोज्दा पनि हाल सम्म उतm बजार किन हटन नसकेको बीरगंजवासीहरुले प्रश्न उठाईरहेका छन् । बीरगंज महानगगरपालिका वडा नम्बर ११ स्थित रहेको बिपी उद्यानको जग्गा तरकारी थोक तथा खुदा्र बजार अतिक्रमण गरेर ब्यवसायी गर्दे आएका छन् । महानगरपालिकाबाट आधिकारिक स्वीकृती नलिई अबैध तरिकाले बजार संचालन हुदै आईरहेको छ । बिपी उद्यानको जमीनमा महानगरपालिकाले दुई करोड रुपैया भन्दा बढीको परियोजना ल्याएको छ । बिपी उद्यानको जग्गामा अतिक्रमण गरी ब्यवसायी गर्दे आएका तरकारी थोक तथा फलफुल खुदा्र बजार हटन भने दुई करोड रुपैया भन्दा बढी महानगरपालिकालाई नोक्सान हुने महानगरपालिका एक कर्मचारीले भने, पटक पटक महानगरपालिकाले अतिक्रमण गरेर ब्यवसाय गरेका तरकारी थोक तथा खुदा्र बजार खाली गराउन पत्र लेखेपनि बजार हटन सकेको छैन् । गत पुष २५ गते महानगरपालिकाले बिपी उद्यानको जग्गामा तरकारी थोक तथा खुदा्र बजार हटाउनका लागी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा लिखीत पत्र पठाएको थियो । पौष २५ गते बिहान अतिक्रमण हटाउनका लागी महानगरपालिकाले स्थानिय प्रशासनको सहयोगले डोजर लिएर हटाउन खोज्दा तरकारी ब्यवसायीहरु चार दिनको समय मांग गरेका थिए । नगर प्रमुख सरावगीले बिपी उद्यानको जग्गामा अतिक्रमण गरेका तरकारी ब्यवसायीहरुलाई ब्यवस्थापन गर्नका लागी चार दिन समय दिएपनि एक हप्ता भईसक्दा पनि बजार नहटेकोमा बिभिन्न शंकाहरु उब्जिएको छ । यता बीरगंज महानगरपालिका मेयर बिजय सरावगी संग बुझन खोज्दा यही हप्ता भित्र बिपी उद्यान भित्र रहेको अतिक्रमण भएको बजार हटने दाबी गर्नु भयो ।