बिगत केही दिन देखी मधेश प्रदेश लगायत बिभिन्न प्रदेशहरुमा जाडो बढेपछि जीनजीवन कष्टकर भएको छ । लगातार चिसो हावा र बाक्लो हुसुको कारण बीरगंजको जनजीवन नराम्रो संग प्रभावित भएको छ । कठियांगा्रे जाडोले गर्दा दैनिक ज्याला मजदुरी गरी दुई छाक खाने गरीब तथा असहाय ,बृद्धबृद्धा र बालवालिका नराम्रो संग प्रभावित भएका छन् । बीरगंजको तापक्रम अहिले ९ डिग्री सेल्सीयस रहेको छ ा जाडो बढेपछि बीरगंजका ेकेही संघ संस्था , राजनितिक दलका नेता एवम् महानगरपालिकाले न्यानो कम्बल र कपडा बितरण गरीरहेको छ । बदिंिलदो मौसमका कारण पनि बीरगंजको हरेक घरमा रुखा खोकी , ज्वारो र शरीर दुख्ने जस्ता लक्ष्ण भएका बिरामीहरुको संख्या बढेको छ । बाक्लो हुसु र चिसो हावाका कारण र मौसम परिवर्तनले गर्दा बिरामीहरुको संख्यामा बृद्धी भईरहेको बीरगंजका चिकित्सकहरुको भनाई रहेको छ । रुखा , खोकी र ज्वरो आएमा नजिकै रहेको क्लिनिक तथा चिकित्सक निर गएर उपचार गर।उनु पर्ने बीरगंजका चिकित्सकहरुले भने, जाडोले गर्दा मौसम परिवर्तन भईरहेको छ ज्वरो रुखा , खोकी भएका बिरामीहरुले लापरवाही नगर्ने चिकित्सकहरुले आग्रह गरेका छन् ।