मधेश प्रदेशको राजधानी बीरगंजलाई कायम नगर्नेका लागी राजनितिक दलका नेताहरुले ठुलो नै षड्यन्त्र गरेका छन् । नेपालको आर्थिक नगरी बीरगंज भोगौलिक र आर्थिक दुष्टिकोणले पनि राजधानी बने योग्य रहंदा पनि राजधानी कायम हुन सकेन् । मधेशी दलका नेताहरु आफनो कुर्सी र पद जोगाउनका लागी मधेश प्रदेशको राजधानी बीरगंजबाट बञ्चित गरेको स्पष्ट देखिएको छ । मधेश प्रदेश सभाका सदस्यहरुले बीरगंजलाई नै टा्रजिन्ट प्वाईन्ट बनाएर आफनो राजनितिक शुरुवात गरेको हामी सबैलाई अवगत भएको कुरा हो । आज बीरगंजवासीहरुको योगदानले गर्दा मधेश प्रदेशमा मधेशी दलको सरकार निर्माण हुन ‘सकेको छ । मधेश आंदोलनमा बीरगंजवासीहरुले अहम भुमिका खेलेका थिए । तत्कालीन पुर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्व सरकारले मधेशको अन्य जिल्लाहरुमा आंदोलन चुहाउन सफल हुन लागेको थियो तर बीरगंजमा आंदोलन चुहाउन सकेको थिएन् । त्यस बेला बीरगंजमा आंदोलन दिनप्रति दिन चर्काेरहेको थियो । मधेश आंदोलनको केन्द्र बिन्दु बनेको बीरगंजवासीहरुको योगदानले गर्दा मधेश प्रदेशमा मधेशी दल नेतृत्वमा सरकार गठन भएको छ । राजधानी बनाउनका लागी मधेहश प्रदेश सभाका सदस्यहरुले बीरगंजवासीहरु संग भेदभाव गरेको स्पष्ट देखिरहेको छ । पटक पटक आंदोलनमा अहम भुमिका खेलेको बीरगंजको कदर कहिले हुने त ? नेताहरु आफनो स्वार्थ र पद जोगाउनका लागी जेपनि गर्नेछन् । मधेश प्रदेशको राजधानी बनाउनका लागी बारा , पर्सा र रौतहटका जनताहरुले मतदान दिई प्रदेश सभामा बिजयी बनाएका प्रदेश सभा सदस्यहरु एक भएको भए बीरगंज राजधानी कायम हुन्थ्यो होला भन सकिएला ?