सशस्त्र प्रहरीले बारा र पर्सामा लागु औषध सहित दुईजनालाई प्रकाउ गरेको छ । बिशेष सुचनाको आधारमा सशस्त्रप्रहरी बल नेपाल नं २ छिन्रमस्ता बाहिनी मुख्यालय महोतरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरको नेतृत्वमा खटिएको प्रहरीटोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको बा ७३ प ८५९५ नम्बर मोटरसाईकल रोकेर चेकजांच गर्दा धष्ल ,कष्चभपकब, म्बष्भिह म्ऋ नामक लागु औषध सहित मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने पशुपतीनगर बस्ने २१ व्र्षिय कृशिस गुरुडलाई प्रकाउ गरीएको हो । प्रकाउ परेका गुरुड बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसर्वा नाका प्रयोग गरी भारतबाट नेपाल प्रवेश गर्ने क्रममा बिओपी बरैनिया र प्रहरी चौकी बलिरामपुर खटिएको संयुतm प्रहरी टोलीले लागु औषध गुरुडलाई प्रकाउ गरेको हो । यसैगरी भारतबाट लागु औषध खरीद गरी बीरगंज तर्फ आउंदै गरेको अवस्थामा बिओपी भन्सारमा खटिएका सशस्त्र प्रहरीले नियमित चेकजांच गर्ने क्रममा लागु औषध सहित एकजना प्रकाउ परेको छ । सशस्त्र प्रहरीले वीनसिरेक्स पांच बोतल सहित बीरगंज महानगरपालिका वडा नम्बर १३ बस्ने ३१ वर्षिय राजु साहलाई प्रकाउ गरेको हो । प्रकाउ परेका दुबैजनालाई थप कारवाहीको लागी नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीका डिआईजी मगरले बताउनु भयो ।