मोटरसाईकल चोरी गरेर भाग्ने क्रममा बारा प्रहरीले एक चोरलाई नियन्त्रणमा लिएको छ ा कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको देवकोटा चौक नजिकै ना ४६ प ६४३६ नम्बरको स्कुटी पार्कींग गरेर राखेको अवस्थामा बीरगंज महानगरपालिका भिष्वा निवासी २१ वर्षीय रक्कि सरार्फले चोरी गरेर भाग्ने क्रममा बसपार्क चौक नजिकै खटिएको प्रहरी टोलीले चोरी गरेको स्कुटी सहित सरार्फलाई प्रकउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । प्रकाउ परेका सरार्फलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी थप अनुसन्धान भईरहेको छ । यसैगरी ई रिक्शाको ब्याट्री चार्जर र स्टेपलाईजर चोरी भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ कटी पर्सा टोल बस्ने भोला मण्डलले चलाउने ई रिक्शा आफनो घर अगाडी चार्ज गर्नका राखेका थिए । मण्डलले चार्ज गर्न राखेको ई रिक्शा राती नै चोरको समुहले चोरी गरी गाउँ भन्दा ६०० मिटर दक्षिण तर्फ ई रिक्शाको ब्याट्री चार्जर र स्टपलाईजर चोरी गरेर रिक्शा छाडेर फरार भएको डिएसपी राजेश थापाले भने, चोरी गर्न गिरोहहरुको खोजतलाश भईरहेको बताउनु भयो ।