बिहेको रथ दुर्घटना हुदां बारामा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ भने १४ जना सख्त घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । बारा जिल्ला आदर्श कोटवाल ग्राम गाउँपालिका वडा नम्बर ३ निवासी लक्षु राम महरा चमारको छोरा सियाराम महरा चमारको बिवाहमा ल्याएको चार पाड्ग्रे रथ एक्कासी दुर्घटना हुदां आर्दश कोेटवाल गाउँपालिका वडा नम्बर ३ बस्ने १५ वर्षिय किनिलम कुमारी राम र सिम्रोनगढ नगरपालिका वडा नम्बर ७ जानकीनगर निवासी २५ वर्षिय बालकुमारी रामको ज्यान गएको छ भने घाईतेहुनेहरमा अरबन्दि राम, सिया राम, सुनिल प्रसाद यादब, सरोज राम, नरेन्द्र राम, सागर राम, मिना देबी राम, श्रीपति कुमारी, सयल देबी, सुवास राम, सन्क्षा कुमारी राम, नयनपति , जितेन्द्र राम र अजित राम रहेको छन् । घाईते मध्ये ३४ वर्षिय नयनपतिको कलैया राजलक्ष्मी स्थित रहेको आईसुमा उपचार भइरहेको छ भने अरिबन्द राम , सिया राम, सागर राम, जितेन्द्र राम , अजित रामको कलैयाको अस्पतालमा उपचार नभएपछि थप उपचारको लागी बीरगंजको न्युरो अस्पतालमा रिर्फर गरीएको डिएसपी राजेश थापाले भने, अन्य घाईतेहरुको राजलक्ष्मी अस्पतालमा उपचार भईरहेको बताउनु भयो । बीरगंजको न्युरो अस्पतालमा उपचार भईरहेको ब्यतिmहरुको अवस्थामा हाल सम्म कुनै सुधार नआएको न्युरो अस्पतालका चिकीत्सकले बताए । बिहेको रथ दुर्घटना हुदां एक युवति र महिलाको मृत्यु भएको प्रहरीलाई स्थानियहरुले खबर गरेपछि घटनास्थलमा प्रहरी निरीक्षक सुरेन्द्र यादबको कमाण्डमा खटिएको प्रहरी टोलीले घाईतेहरुको उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान थालिएको बाराका डिएसपी राजेश थापाले बताएका छन् ।