१२ वर्षिय मन्टु प्रसाद कुर्मीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले पांचजनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा पर्सा जगरनाथपुर गाउँपािलका वडा नम्बर ६ बस्ने ३० वर्षिय मनमोहन यादब , सोही स्थान बस्ने २५ वर्षिय रोहन यादब, ६४ वर्षिय गोवारी राउत अहिर, नगर राउत अहिर , शत्रुध्न प्रसाद यादब र रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताउनु भयो । गत पुष २३ गते पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ स्थित रहेको उखु बारीमा नागेन्द्र प्रसाद कुर्र्मीको १२ वर्षिय छोरा मन्टु प्रसाद कुर्मीको घांटी थिची हत्या गरेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो । मन्टुको अपहरण पछि हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेपछि मृत्कका परिवारले मनमोहन यादब र रोहन यादब बिरुद्ध किटानी जाहेरी प्रहरीमा दिएपछि बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीटोलीले यादबद्धय नेपाल र भारत सिमा नजिकै रहेको छिपरमाईगाउँपालिका वडा नम्बर ६ भिष्वाबाट प्रकाउ गरीएको प्रहरी नायब उपरिक्षक खनालले बताउनु भयो । हत्याको आरोपमा प्रकाउ परेका पांचजना अभियुतmलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कर्तब्य ज्यान तथा अपहरण मुद्धामा अनुसन्धान थालिएको छ ।
३