कबाडीको ठेलामा नेपालमा प्रतिबन्धित रहेको लागु औषध लुकाई छिपाई ल्याईरहेको अवस्थामा पर्सा प्रहरीले एक पुरुषलाई प्रकाउ गरेको छ । प्रहरीले बिशेष सुचनाको आधारमा भारतबाट खरीद गरेर लागु औषध नेपाल तर्फ ल्याईरहेको सुचना पाएपछि अस्थाई प्ररही चौकी छपकैयाबाट खटिएको प्रहरी टोलीले ठेला चेकजांच गर्दा कालो प्लाष्टिकको क्षोला भित्र लुकाई छिपाई राखेको अवस्थामा नुफ्रिन ८० एम्पुल, डाइजीपाम ८० एम्पुल र फेनारगण ८० एम्पुल गरी २४० एम्पुल सहित कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर बस्ने ३७ वर्षिय निरज कुमार मेहता प्रकाउ परेका छन् । प्रकाउ परेका मेहतालाई लागु औषध मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको पर्सा प्रहरीले जनाएको छ । यसैगरी बारा प्रहरीले लागु औषध सहित दुईजनालाई प्रकाउ गरेको छ । सर्लाहीबाट काठमांडौ तर्फ जांदै गरेको बा ४९ प ६२१५ नम्बरको मोटसाईकल अस्थाई प्रहरी चौकी पथलैयाका प्रहरीले चेकजांच गर्दा नुरफिन १२ एम्पुल, डाईजोपाम ११ एम्पुल, डाईजेल्याप ४ एमपुल , फेनारगन १६ एम्पुल र नाईटोभेट २० थान टयाब्लेट सहित काठमांडौ महानगरपालिका वडा नम्बर १० बस्ने ३१ व्र्षिय पुस्कर कुमार कटवाल प्रकाउ परेको बारा प्रहरीले बताएको छ । लागु औषध सहित प्रकाउ परेका कटवालको मोटरसाईकल पछाडि बस्ने चन्द्रगिरी नगरपालिका वडा नम्बर ४ बस्ने २४ वर्षिय रबिन तामांगलाई पनि नियन्त्रणमा लिएको छ ।