नेपालमा प्रतिबन्ध रहेको भारतीय रुपैया दुई लाख रुपैया सहित एक भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ ्िस्थत रहेको सिमरा बिमानस्थलबाट भारत बिहार नवाधा थाना अक्बपुर बस्ने ३८ वर्षिय शिवशंकर बब्लुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले बताउनु भयो । नेपाल धुम्न आएका भारतीय पर्यटक बब्लुलाई सिमरा बिमानस्थलमा खटिएको प्रहरीले चेकजांच गर्दा भारतीय रुपैया दुई हजार दरले एक सय थान गरी दुईलाख रुपैया सहित नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका भारतीय पर्यटक बब्लुलाई थप कारवाहीको लागी क्षेत्रीय् अनुसन्धान कार्यालय काठमांडौ पठाएको डिएसपी कुँवरले बताउनु भयो । नेपालमा भारतीय रुपैया पांच सय, एक हजार र दुईहजार रुपैया प्रतिबन्ध रहेको छ ।