१५ वर्षिय बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । नावालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी बीरगंज महानगरपालिका वडा नम्बर २३ सबैठवा बस्ने २० वर्षिय भनु यादब भन्ने मुना प्रसाद यादबले बलात्कार गरेका हुन् । जबरजस्ती करणी गरेका यादबले १५ वर्षिय बालिकालाई आफनै घरमा पटक पटक बलात्कार गरेको र यही माघ ५ गते यादबले बीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वा स्थित रहेको आफनै सार्थीको घरमा पुर्ण बलात्कार गरेका छन् । मुना यादबले आफु संग जबरजस्ती करणी गरेको नाबालिकाले अभिभावकलाई अवगत गराएपछि आईतबार जिल्ला प्रहरी कार्यालय पर्सामा पिडीतका अभिभावकले जाहेरी दिएपछि यादबलाई उनकै घरबाट जबरजस्ती करणी गरेको आरोपमा प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवम् प्रवतmा प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताउनु भयो । प्रकाउ परेका यादबलाई जबरजस्ती करणी मृद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।