मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पर्सा प्रहरीले एक ब्यतmीलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ । १४ वर्षिय नाबालिक संग बिवाह गर्छु प्रलोभन दिई अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई हाल चितवन भरतपुर उपमहानगरपालिका वडा नम्बर १ पोखरा बसपार्क बस्दै आएका २८ वर्षिय राजु अधिकारीले झुक्याएर बीरगंजबाट भारतको रक्सौल तर्फ लैजाने क्रममा बीरगंजको शंकराचार्य गेटमा खटिएको प्रहरी टोली र माईती नेपाल संस्थाले नाबालिकालाई उद्धार गरी मानव बेचबिखन गरेको आरोपमा अधिकारीलाई प्रकाउ गरीएको पर्साका डिएसपी एवम् प्रवतmा प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताउनु भयो । १४ वर्षिय नाबालिका र अधिकारी संग एक महिना अगाडी फोन मार्फत चिनजान भएको हो । फोनबाट चिनजान भएको नाबालिका संग अधिकारीले माया गर्छु र तिमी संग बिवाह गर्ने प्रलोभन दिई झुक्काएर भारततर्फ बेचबिखन गर्न लागेको अवस्थामा शंकराचार्य गेट नजिकैबाट माईती नेपाल संस्था र प्रहरीको संयुतm टोलीले राजु अधिकारीलाई नियन्त्रणमा लिन सफल भएको हो । बैतडी जिल्ला बस्ने नाबालिका घरबाट यही माघ ७ गते सम्पर्क बिहीन भएपछि प्रहरीबाट खोजतलाश भईरहेको हुदां मंगलवार दिउंसो प्रहरी र माईती नेपालको सहयोगमा उद्धार भएकी हुन् । मानव बेचबिखन र ओसारपसार गरेको आरोपमा प्रहरीले राजु अधिकारीलाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद गप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी नायब उपरिक्षक खनालले बताउनु भयो ।