पर्सा प्रहरीले अबैध तरिकाले संचालन गरेको मदिरा भटी नष्ट गरेको छ । बीरगंज महानगरपालिका वडा नम्बर ११ रानीघाट नजिकै केही ब्यतिmहरुले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा ब्रिकी बितरण गरेको स्थानियहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोलीले ३ वटा मदिरा भटी नष्ट गर्नुको साथै ६ हजार लिटर कच्चा पदार्थ र तयार पारेको तिनसय घरेलु मदिरा नष्ट गरेको छन् भने २ वटा घरेलु मदिरा उत्पादन गर्ने २ वटा मेशीन बरामद गरीएको पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताउनु भयो ।