६० वर्षिय पुरुषको उपचारको क्रममा कोरोना भाईरस संक्रमणले गर्दा बीरगंजको नारायणी अस्पतालमा ज्यान गएको छ । बारा जिल्ला कोल्भी गाउँपालिका वडा नम्बर ३ बस्ने ६० वर्षिय पुरुषलाई सोमबार कोरोना पुष्टि भएर उपचारको लागी नारायणी अस्पतालमा भर्ना गरीएको थियो । उनलाई गम्भिर किसीमको निमोनीया लागेको थियो , अस्पताल भर्ना गराउंदा नै उनको अवस्था चिन्ताजनक रहेको थियो । उपचारको क्रममा नै मंगलवार बिहान ५ बजे मृत्यु भएको कोभिड संयोजक एवम् चिकित्सक उदय नारायण सिंहले बताउनु भयो । ६ दिन भित्र बीरगंजको नारायणी अस्पतालमा उपचार गराएका कोरोना भाईरसका तीन संक्रमणको ज्यान गईसकेको छ । कोरोना भाईरस संक्रमणले गर्दा उपचारमा ज्यान गुमाएका ब्यतिmहरुको कुन भेरियन्टले गर्दा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक उदय नारायण सिंह बुझन खोज्दा वहांको फोन सम्पर्क हुन सकेनन् ।