पर्सा प्रहरीले बिल विजक भन्दा बढी खुद्रा मालबस्तु लोड गरीएको एक करोड त्रिसठी लाखको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ । पर्साका प्रहरी प्रमुख रमेश बस्नेतको बिशेष सुचनाको आधारमा बीरगंजबाट ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकले भन्सार छली तस्करीको सामा्रगी लोड गरी बीरगंजबाट बुटवल तर्फ जांदै गरेको अवस्थामा बीरगंज महानगरपालिका वडा नम्बर ८ भारतीय दुतावास चोक अगाडी उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा बिल विजक भन्दा बढी खुदा्र मालबस्तु रहेको भेटिएको प्रहरी उपरिक्षक बस्नेतले बताउनु भयो । ना ४ ख ८३३४ नम्बरको ट्र्रकमा लोड गरीएको केही मालबस्तुको प्रज्ञानपत्र रहेपनि अरु खुदा्र सामानको प्रज्ञानपत्र नरहेको हुनाले चालकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताउनु भयो । पर्सा प्रहरीले नियन्त्रणमा लिएको मालवाहक ट्रक सहित खुदा्र तथा मालबस्तुको एक करोड त्रिसठी लाख मुल्यांकन गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको हो ।