बारा प्रहरीले अबैध मदिरा भटी नष्ट गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्याउली चौक नजिकै अबैध तरिकाले अबैध मदिरा संचालन गरी बिक्री बितरण गर्दे आएको स्थानिय वासिन्दाहरुले प्रहरीमा गुनासो गरेपछि प्रहरीले ६ वटा भटी नष्ट गरेको छ भने मदिरामा प्रयोग हुने कच्चा पदार्थ ७०० लिटर र तयारी मदिरा ३५ लिटर नियन्त्रणमा लिई नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भयो । यसैगरी मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिंदा दुई जना घाईते भएका छन् । निजगढ नगरपालिका वडा नम्बर ७ पुर्व पश्चिम राजमार्ग लच्का पश्चिबाट पुर्व तर्फ आउंदै गरेको प्रदेश नं २,०३, ०१७, प ९६३७ नम्बरको मोटरसाईकले साईकल यात्रु बारा जिल्ला नदिकटा ९ बस्ने ७८ वर्षिय कमल बहादुर सामन्य घाईते भएका छन् भने मोटरसाईकल चालक सोही स्थान बस्ने ३९ वर्षिय रेशम बहादुर जर्घा मगरको दाया खुटा भाचिएको छ । घाईते मगरको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । साईकल यात्रु समान्य उपचार पछि घर तर्फ फर्किएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा राजेश थापाले बताउनु भयो ।