अबैध तरिकाले १२ वर्ष देखी किटनाशक औषधि उत्पादन गरी बिक्री बितरण गर्दे आएको शिवशतिm बायोप्लान्टिक प्रालीमा जिल्ला प्रशासन कार्यालय बाराले शिलबन्दी गरेको छ । परवानीपुर गाउँपािलका वडा नम्बर ४ चैनपुर स्थित रहेको शिवशतिm बायोप्लान्टिक प्रालीले स्वीकृति नलिई अबैध तरिकाले मल उत्पादन गरीरहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि सोही उजुरीको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईको नेतृत्वमा गएको टोलीले अनुगमन गर्दा शिवशतिm बायोप्लान्टिक प्राली गैर कानुनी तरिकाले संचालन गर्दै आएको भेटिएपछि शिलबन्दी गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको सहायक प्रमुख जिल्ला अधिकारी सेढाईले बताउनु भयो । ईलाका प्रहरी कार्यालय भण्डारा चितवका प्रहरीले माघ १ गते अन्दाजी ९ लाख ८० हजार मुल्य बराबरको अबैध किटनाशक औषधि सहितको ट्रक नियन्त्रणमा लिई अनुसन्धान गर्दे जांदा परवानीपुर चैनपुर गाउँपालिका नजिकै रहेको शिवशतिm बायोप्लान्टिक प्रालीबाट खरीद गरेको ट्रक चालक सर्लाही निवासी सन्तोष साहले बताएपछि उतm उधोगको भण्डाफोर भएको हो । प्रहरीले सन्तोष साह सहित तीनजनालाई प्रकाउ गरेको छ । गैरकानुनी तरिकाले संचालन गरेको किटनाशक औषधीका संचालक भने फरार रहेका छन् । भारतीय नागरिक रामाकान्त भारती , कमलकान्त सिंह र संन्जीत यादबको उतm उधोगमा लगानी रहेको अनुसन्धानमा खुलेको छ ।