मुस्लिम महिला उत्थान मंच र पर्साको बिन्दवासिनी गाउँपालिकाको आर्थिक सहयोगमा महिला स्वमंसेविकाहरुलाई स्वास्थ्य सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । बिन्दावासिनी गाउँपालिका वडा अध्यक्ष ३ की वडा अध्यक्ष सलमा खातुनको अध्यक्षतामा सम्पन्न भएको तालिम कार्यक्रममा सामजिक बिकाश शाखाका प्रमुख नरेश चौहानको प्रमुख अतिथीमा उतm कार्यक्रमको उद्घाटन गरीएको हो । स्वास्थ्य सम्बन्धी क्षमता अभिबृद्धि तालिममा वडा नम्बर ३ का वडा सचिव हिमालय कुमार चौरसिया लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।