जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले मधेश प्रदेशको राष्ट्रियसभाको निर्वाेचन बिथोल्न प्रयास गरेपनि निर्वाेचन सम्पन्न भएको छ । निर्वाेचनको बिरोध गर्नु रामो्र पक्ष होईन् । गणतन्त्रमा बिश्वास नगर्ने ब्यतिmहरुले मात्र निर्वाेचन बिथोल्न प्रयास गर्र्ने गरेका छन् । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले मधेश प्रदेशको राष्ट्रिय सभाको निर्वाेचन सम्पन्न नहोस उदेश्यका साथ बिरोधको नाममा हिंसा गरेको स्पष्ट देखीरहेको छ । गणतन्त्रमा बिरोध गर्नु जनताहरुको मौलिक अधिकार हो । शान्तिपुर्ण तरिकाले बिरोध गर्ने सबैलाई अधिकार रहेको छ । े कृषकहरुलाई समयमा मल बिउ उपलब्ध गराउन राज्यको दायित्व हो । मल बिउँको नाममा राजनितिक गरीरहेको जनमत पार्टीका नेताहरुले शान्तिपुर्ण तरिकाले प्रर्दशन पनि गर्न सक्थेहोला । किसानहरु समयमा मल र बिउँ नपाउंदा राज्य चिन्तित भएको होला जस्तो लाग्छ । जनमत पार्टीले कृषकहरुका लागी मल र बिउँ उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराउनका लागी बिरोध गर्नु राम्रो पक्ष पनि हो । बिरोधको नाममा हिंसालाई बढावा दिनु हुदैन् । मधेश प्रदेशको जिल्लाहरुमा किसानहरु मल नपाएर खेती गर्न छाडेका छन् । कुषकहरुलाई खेतीपाती गर्नका लागी राज्यले समयमा नै मल उपलब्ध गराउनु पर्ने हो । देशका नेताहरुको रबैयाले गर्दा आज भोली किसानहरु मर्कामा परेका छन् ।