पर्सा प्रहरीले भारी मात्रामा अबैध लागु औषध गाँजा सहित चारजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ । पर्सा जिल्लाको दुई स्थानबाट प्रहरीले ८२ किलो गाँजा सहित चारजनालाई प्रकाउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा ओमप्रकाश खनालले पुष्टि गर्नु भयो । अबैध गाँजा ओसारपसार भईरहेको प्रहरीलाई सुचना आएको प्रहरी नायब उपरिक्षक खनालले भने, सुचना पाउने बितीकै प्रहरीले पर्सा जिल्लाको बिश्रामपुर नजिकै रहेको एक घरमा खानतलाशी गर्दा नेपालमा प्रतिबन्धित रहेको ७५ किलो गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको छ भने पर्साको अमरपटी एरियाबाट ७ किलो गाँजा सहित दुईजनालाई प्रकाउ गरेको हो । प्रकाउ परेका चारजनाको ब्यतिmहरुको नाम अहिले गोप्य राखीएको छ । थप बिवरण आउन बाकी रहेको छ ।