सवारी दुर्घटना हुदां बारा जिल्लामा दुईजनाको मृत्यु भएको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिनु भयो । कलैया उपमहानगरपालिका वडा नम्बर २५ बिजय आयल स्टोर अगाडी कलैयाबाट बीरगंज तर्फ जांदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाईकललाई भारतीय द्यच्ण्छब्च् छज्ञछज्ञ नम्बरको स्कारपियोले ठक्कर दिदां कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षिय नरेश साह र सोही स्थान बस्ने ५५ वर्षिय सितल साह गम्भिर घाईते भएका हुन् । दुर्घटनामा परी घाईते भएका साहद्धयलाई प्रहरीले उद्धार गरी कलैया अस्पतालमा उपचारको लागी भर्ना गरीएको थियो । घाईते दुबैजनाको अवस्था नाजुक भएपछि थप उपचारको लागी बीरगंजको नेशनल मेडिकल क्लेजमा भर्ना गरीएको हो । उपचारको क्रममा नै बिहीबार राती १२ बजेर ३० मिनेटमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक थापाले भने, तिब्रगतीमा गुडीरहेको स्कारपियोले बिपरीत दिशाबाट आउंदै गरेको मोटरसाईकलमा ठक्कर दिएको प्रहरीले जनाए । मोटरसाईकल र स्कारपियो एक आपसमा ठोकीएपछि दुर्घटना भएको स्थानबाट १०० मिटर अगाडी स्कारपियो गाडी भेटिएको बाराको भनाई रहेको छ। ठक्कर दिने स्कारपियो गाडीका चालक भने फरार भएका छन् भने चालकको खोजतलाश भईरहेको बारा प्रहरीले जनाए । मृत्क दुबै दाजु भाई रहेका थिए । घटनाबारे थप अनुसन्धान थालिएको बाराका डिएसपी थापाले बताउनु भयो । यसैगरी मोटरसाईकल अनियन्त्रित हुदां दुईजनाको ज्यान गएको छ । गरुडा नगरपालिका वडा नम्बर ४ स्थित रहेको सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदां रौतहट जिल्ला गढीर्मा नगरपालिका वडा नम्बर ८ बस्ने १९ वर्षिय महमद अलताफ र सोही स्थान बस्ने रबि साहको ज्यान गएको रौतहट प्रहरीले जनाएको छ । ना ६२ प ३३९९ नम्बरको मोटरसाईकल एक्कासी अनिययन्त्रित हुदां दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका साह र आलमलाई उपचारको लागी अस्पताल लग्ने क्रममा्र बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरीले बताए ।