बारा प्रहरीले दुईजना फरार अभियुतmलाई प्रकाउ गरेको छ । लागु औषध मुद्धामा फरार रहेका बारागढी गाउँपालिका वडा नम्बर ४ बस्ने ६० वर्षिय सुरेन्द्र साहलाई प्रकाउ गरेको हो । २०७४ ४, १ गते बारा जिल्ला अदालतका न्यायधीशले साहलाई लागु औषध मुद्धामा दोषी ठहर गर्दे एक वर्ष ३ महिना , २० महिना कैद र दश हजार जरीवाना गरेको थियो । अदालतको फैसला आएपछि साह लुकीछिपी बस्दै आएका थिएा । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले सुरेन्द्र साहलाई उनकै घरबाट प्रकाउ गरीएको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भएको छ । प्रकाउ परेका साहलाई अदालतमा पेश गर्दा कैद भुक्तmान गर्नका लागी बीरगंज कारागारमा पठाएको बताउनु भयो । यसैगरी लेनदेन मुद्धामा फरार रहेका बारागढी गाउँपालिका वडा नम्बर ४ पथरा टोल बस्ने ७५ वर्षिय सखिचन महरालाई बारा प्रहरीले प्रकाउ गरी अदालतमा पेश गर्दा अदालतले कैद भुक्तmानको लागी महरालाई बीरगंज कारागार पठाएको छ । २०७५, ११, १५ लेनदेन मुद्धामा महरालाई अदालतले दोषी ठहर गर्दे ६ महिना कैदको फैसला गरेको थियो । फैसला आएपछि महरा फरार भई हाल घरमा लुकेर बस्दै आएको प्रहरीले सुचना पाएपछि उनलाई घरबाट नै प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भयो ।