भ्रष्टचारी कर्मचारी मुर्दावाद, भ्रष्ट कर्मचारी राजीनामा दे, भ्रष्ट कर्मचारीलाई कारवाही गर जस्ता नारा लगाउंदै बिवेकशील साक्षा पार्टी बाराले कलैयामा बिरोध प्रर्दशन गरेको छ । बिवेकशील पार्टीका बारा जिल्ला अध्यक्ष डाक्टर सुशिल साहलको नेतृत्वमा कलैयामा मालपोत कार्यालयमा प्रर्दशन भएको हो । मालपोतका कर्मचारीहर भ्रष्टचारीमा लिप्त भएको , सेवाग्रहीहरु संग धुस लिएपछि मात्र काम गर्ने गरेको ब्यापक जनगुनासो बढ्दै गएपछि स्थानिय प्रशासनको ध्यानकर्षण गराउनका लागी प्रर्दशन गरीएको अध्यक्ष साहले भने, भ्रष्ट कर्मचारीलाई कारवाही होस, सेवाग्रहीहरुको काम छिटो भन्दा छिटो होस उदेश्यको साथ बिवेकशिल साक्षा पार्टीले बिरोध प्रर्दशन गरेको अध्यक्ष साहको भनाई रहेको छ । बिरोध रयाली कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेको छ ।