सशस्त्र प्रहरीले अबैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्रमस्ता बाहिनी र जलेश्वर वेशवाट खटिएको संयुतm प्रहरी टोलीले ६० किलो गााजा बरामद भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो । महोतरी गाउँपालिका ४ रानी रतवाडा ईलाकामा बिशेष सुचनाको आधारमा अबैध गाँजा बरामद गरीएको हो । स्थानिय लक्ष्मी चौधरीको छोरा गणेश चौधरीको कुखुरा फर्म पछाडि परालको टौवामा लुकाई छिपाई राखेको अवस्थामा १६ वटा पोका गाँजा बरामद गरीएको डिआईजी मगरले बताउनु भयो । नेपालमा प्रतिबन्ध रहेको गाँजा नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाउन कार्य भईरहेको सशस्त्र प्रहरी बल छिन्रमस्ता बाहिनीले जनाएको छ ।