नेपाली नक्कली रुपैया सहित एकजना प्रकाउ परेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुतm टोलीले बारा जिल्लाको सिम्रोनगढ एरियाबाट २ लाख , ९६ हजार नेपाली नक्कली रुपैया सहित रौतहट मौलपुर नगरपालिका वडा नम्बर ७ पिपरिया बस्ने ३२ वर्षिय किशोर साहलाई प्रकाउ गरीएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्रमस्ता बाहिनी मुख्यालय महोतरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो । नेपाली नक्कली रुपैयाको कारोवार भईरहेको सुचना आएको डिआईजी मगरले भने, सुचना आउन बितीकै बाहिनीबाट खटिएको सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार अशोक कुमार सुनार सहित स्ववाड टोली , बोर्डर आउट पोष्ट गोलागंजबाट सशस्त्र प्रहरी नायब निरिक्षक हिमलाल र ईलाका प्रहरी कार्यालय सिम्रोनगढका प्रहरी नायब निरीक्षक महानन्द कुर्मीको कमाण्डमा खटिएको टोलीले ना २५ प १९७८ नम्बरको यामाहा मोटरसाईकल रोकेर चेकजांच गर्दा लुकाई छिपाई राखेको अवस्थमा नेपाली नक्कली रुपैया बरामद गरीएको डिआईजी मगरले बताउनु भएको छ । साहबाट प्रहरीले नेपाली १ हजार दरको २९६ थान नक्कली नोट र १२ हजार १ सय ४५ रुपैया सक्कली रुपैया बरामद भएको हो । नक्कली रुपैया सहित प्रकाउ परेका किशोर साहलाई थप कारवाहीको लागी नेपाल प्रहरीको जिम्मा लगाएको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख गणेश ठाडा मगरले बताउनु भयो ।