कोरोना भाईरसको संक्रमणले गर्दा एक युवकको उपचारको क्रममा बीरगंज नारायाणी अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताउनु भयो । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ४ पुरानो टोल बस्ने२२ वर्षिय युवकलाई बिगत केही दिन देखी ज्वरो , रुखा खोकीले ग्रस्ति थिए । कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वास्थ्य परिक्षण गर्दा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । बारा जिल्लाको स्थानिय अस्पतालमा उपचार भईरहेका २२ वर्षिय युवकको ज्वरो बिग्रिएर निमोनिया भएपछि स्वासप्रश्वास समस्या आएपछि थप उपचारको लागी बीरगंजको नारायणी अस्पतालमा रिर्फर गरीएको थियो । थप उपचारको लागी नारायणी अस्पतालमा भर्ना गरीएको २२ वर्षिय युवकको अवस्था गम्भिर रहेको चिकित्सकले भने, बचाउनका लागी प्रयास गरेपनि हामा्रे प्रयास असफल भएको उपचारको खटिएका ती चिकित्सकले बताउनु भयो । कोरोना भाईरसले गर्दा नै २२ वर्षिय युवकको उपचारको क्रममा ज्यान गएको नारायाणी अस्पतालका चिकित्सकले बताए । भाईरसको संक्रमणले गर्दा मृत्यु भएका युवकले कोरोना भाईरस बिरुद्धको खोप लिएका थिएनन् । यसैगरी सोमवार ७७ वर्षिय बृद्ध कोरोना भाईरस संक्रमणले गर्दा बीरगंजको नारायणी अस्तपालमा उपचारको क्रममा मृत्यु भएको कोभिड संयोजक डाक्टर उदयनारायण दासले बताउनु भयो । रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ बस्ने ७ठ वर्षिय बृद्धको श्वसाप्रश्वसामा समस्या देखिएपछि माघ ११ गते बीरगंजको नारायणी अस्पतालमा भर्ना गरीएको थियो । उपचारको क्रममा नै बृद्धको मंगलवार दिउंंसो ज्यान गएको कोभिड संयोजक उदयनारायण दासले जानकारी दिनु भएको छ । कोभिड बिरुद्ध खोप नलिएको बृद्धको निमोनिया बिगी्रदां फोक्सोलाई नराम्रो संग प्रभावित गरेको हुनाले मृत्यु भएको हो । २ जना पर्साका , बाराका ५ जना र १ जना रौतहट गरी हाल सम्म ८ जनाले कोभिडले गर्दा बीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।