बीरगंजमा एक युवकको शव फेला परेको छ । बीरगंज महानगरपालिका वडा नम्बर १४ स्थित चिनी कारखाना क्षेत्रभित्र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताउनु भयो । बेवारिशे अवस्थामा फेला परेको युवकको हाल सम्म पहिचान खुल्न सकेको छैन् । अन्दाजी २९ वर्षिय जस्तो देखिने युवकको शव फेला पारेपछि प्रहरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । अहिले नै शव हेरेर केही भन नमिल्ने पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा ओमप्रकाश खनालले भने, पोष्टमार्डमको रिर्पाेट आएपछि मात्र केही भन सकिने वहांले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक खनालले बताउनु भएको छ ।