ट्रकले मोटसाईकललाई ठक्कर दिदां दुई जना सख्त घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ अमृत चौक स्थित रहेको बीरगंजबाट परवानीपुर तर्फ जांदै गरेको ना ६ ख १३६५ नम्बरको ट्रकले सोही दिशाबाट आउदै गरेको प्रदेश २, ०३, ०२१ प ५४१४ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिदां मोटरसाईकलमा सवार भएका चालक कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ३४ वर्षिय डिल्ली ंिसह बाईबा र प्रसौनी गाउँपालिका वडा नम्त्रर ६ प्रष्टोका निवासी २८ वर्षिय अनिल कुमार यादव घाईते भएका छन् । घाईते बाईबाको छातीमा चोट लागेको छ भने यादवलाई टाउकोमा सामान्य चोट लागेको प्रहरी नायब उपरिक्षक राजेश थापाले बताएका छन् । घाईते दुबैजनाको बीरगंज गण्डक स्थित रहेको बयोधा अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बारा प्रहरीले बताए ।