मकवानपुर प्रहरीले लागु औषध गाँजा सहित एक भरियालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा मकवानपुर राक्सिराड गाउँपालिका वडा नम्बर ५ स्थित रहेको सडकखण्डमा पिढयुँमा भारी बोकी पैदल गईरहेका ब्यतिmलाई शंकाको आधारमा प्रहरीले चेकजांच गर्दा नेपालमा प्रतिबन्धित रहेको ११० किलो लागु औषध गााजा सहित राक्सिराड वडा नम्बर ५ बस्ने ३६ वर्षिय राम कुमार प्रजालाई प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा जयश्वर रिमालले बताउनु भयो । गाँजा ओसार पोसारमा अन्य ब्यतिmहरुको प्नि सँकलन रहेको हुनाले खोजतलाश जारी रहेको प्रहरी नायब उपरिक्षक रिमालले भने, गाँजा सहित प्रकाउ राम कुमारलाई लागु औषध मृद्धा दर्ता गरी अनुसन्धान भईरहेको छ ।