मुस्लिम महिला उत्थान मञ्चको आयोजनमा स्वास्थ्य सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । बिन्दवासिनी गाउँपालिकाको आर्थिक सहयोगमा महिला तथा सेविकाहरुलाई मुस्लिम महिला उत्थान मञ्चले क्षमता अभिबृद्धी तालिम वडा नम्बर ३ की अध्यक्ष सलमा खातुन , सामजिक शाखा प्रमुख नरेश चौहानको अध्यक्षतामा तालिम समापन गरेको हो । समापन कार्यक्रममा सो वार्डका सहायक सचिव उपेन्द्र प्रसाद साह, प्रशिक्षक रामेश्वर चौरसिया , मिथलिखा साह र मञ्चकी अध्यक्ष नुसरत परवीन लगायतको उपस्थिती रहेको थियो ।