बारा जिल्लामा आगलागी हुदा लाखौ रुपैया भन्दा बढीको धनमाल जलेर नष्ट भएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । बारागढी गाउँपालिका वडा नम्बर २ बिसुनपुर्वा टोल स्थित रहेको गोठघरमा एक्कासी आगलागी हुदां नौ लाख रुपैया भन्दा बढीको क्षती भएको हो । गोठघरमा राखेको फर्निचर क्ष्याल ढोका दाउरामा आगलागी हुदां बारागढी गाउँपालिका वडा नम्बर बिसनपुर्वा बस्ने प्रेमलाल चौधरी भुईतले खरले छाएको गोठघर जलेर नष्ट भएको छ भने स्थानिय जयप्रकाश थारु , उर्मिला चौधरी, देब कान्त चौधरी, सुरेश दास, काचान्द दास, लक्षमण दास र शंकर प्रसाद जैसवालको गोढघर पुर्ण रुपले जलेर नष्ट भएको प्रहरी नायब उपरिक्षक राजेश थापाले भन्नु भयो, आगलागी भएको प्रहरीमा जानकारी आएपछि घटनास्थलमा पुगेका प्रहरी , वारुण यन्त्रका कर्मचारी र स्थानिय वासिन्दाहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको बताउनु भएको छ । यसैगरी बारा जिल्लाको आर्दश कोतवाल गाउँपालिका वडा नम्बर ४ इर्नावामाल निवासी अताबुल पैठानको घर अगाडी राखेको लगभग २ बिघा परालमा अचानक आगलागी भएको बारा प्रहरीले जनाएको छ । आगलाीबाट साईकल एक थान जलेर नष्ट भएको छ भने ३५ हजार रुपैया बराबरको धनमाल जलेर नष्ट भएको हो । स्थानिय वासिन्दा , प्रहरी र वारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरुीले बताए । आगलागीबाट कुनै मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भयो ।