पर्सा प्रहरीले मोटरसाईकल चोरेर भाग्ने क्रममा एक युवकलाई प्रकाउ गरेको छ । बीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वा चौकमा प्रदेश २, ०३, ०१२ प ५८६ नम्बरको कालो रंग पल्सर १६० सिसी अपाचे मोटरसाइकल पार्किग गरी राखेको अवस्थामा मोटरसाईकलको लक तोडी भाग्दै गर्दा प्रहरी चौकी भिष्वाडाडाँका प्रहरीले प्रकाउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताउनु भयो । बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ३ बस्ने नरेश प्रसाद साहको नाममा दर्ता रहेको अपाचे मोटरसाईकलको लक तोडेर भाग्ने क्रममा बीरगंज महानगरपालिका वडा नम्बर २ बस्ने २० वर्षिय मोहमद अली प्रकाउ परेका छन् । प्रकाउ परेका अलीलाई चोरी सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी नायब उपरिक्षक खनालले भन्नु भयो ।