कोरोना भाईरस संक्रमणले गर्दा बन्द गरीएको बाबा दुधेश्वरनाथ भाठा धामको मेला यस वर्ष देखी लाग्ने भएको छ । भाईरसले गर्दा उत, दुधेश्वरनाथ भाठा मेलामा भतmजनहरुलाई दर्शनमा रोक लगाएको थियो । हिन्दु परिषद नेपालको सहयोगमा बाबा दुधेश्वरनाथ भाठा धाममा मेला लाग्ने हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताउनु भयो । भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथ्लैया बारामा सर्वपक्षिय छलफलबाट पर्सा जिल्लाकै गौरबको रुपमा रहेको दुधेश्वरनाथ भाठा धामको मेलालाई निरन्तरता दिने र भव्य तथा सभ्य तरिकाले मनाउने र सम्पुर्ण सरोकार वालाहरुले रचनात्मक भुमिका निर्वाह गर्ने सहमति भएको हो । सहमतीमा दर्शन गर्न आएका भतmजनहरुले मेलामा मास्र्क अनिवार्य लगाउने, सरसफाई गर्ने, एकै ठाउँमा धेरैको शंख्यामा भिड नगर्ने, चर्को स्वरमा ध्वनी प्रदुषण नगर्ने, जंगलका जनावरलाई उत्तेजीत पर्ने कार्य नगर्ने, शान्ति सुरक्षाको ख्याल राख्ने, अपराधीक एवम् गैर कानुनी क्रियाकलाप गर्ने व्यक्तिबाट सजग रहने लगायतको कार्यलाई प्रमुखताका साथ पाल्ना गर्ने सहमती भएको हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले जानकारी दिनु भयो । छलफलमा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथ्लैया बाराका सहायक संरक्षक अधिकृत संतोष भगत, अरबिन्द यादव, नेपाली सेनाका सह सेनानी तिर्थ बहादर खत्री, भाठा मन्दिर समितिका अध्यक्ष अलखदेव प्रसाद थारु, मेला समितिका अध्यक्ष निरज सरार्फ, हिन्दु परिषद नेपालका कन्द्रिय अध्यक्ष सन्तोष पटेल,केन्द्रिय सदस्य एवम् अधिवक्ता बिनोद प्रसाद कुर्मी, कावरीया संघका गेनालाल पटेल लगायतको उपस्थिती रहेको थियो ।