वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ता लगायत टोलीले मधेश प्रदेशको सशस्त्र प्रहरी बर्दिबास स्थित रहेको छिन्नमस्ता वाहिनी मुख्यालयको अवलोकन एवम् भ्रमणको क्रममा पर्सा तथा बारा जिल्लामा अवस्थित वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको हालको अवस्था बारेमा मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख मगरलाई अवगत गराउँदै विगतमा यस औद्योगिक कोरिडोरको शान्ति सुरक्षा हेतु सशस्त प्रहरीको एक टोली औद्योगिक टास्क फोर्सका रुपमा कार्यरत रही कोरिडोरको शान्ति सुरक्षा तथा अमन चैनको वातावरण बनाई राख्नु उतकृष्ट काम गरि रहेको र अहिले सरकारले उक्त टास्क फोर्सलाई हटाइएको र हटाएको टास्क फोस्सलाई पुनः बहाल गरी औद्योगिक कोरिडोरको शान्ति सुरक्षालाई पुनः निरन्तरताका दिनका लागी ध्यानाकर्षण गराउनु भएको छ ।
२१ औ सशस्त्र प्रहरी दिवसको अवसरमा छिन्नमस्ता वाहिनीलाई प्रधानमन्त्री शेरबहादुर देउवाबाट उत्कृष्ट वाहिनीको अवार्ड प्राप्त गरेकोमा वाहिनी प्रमुख सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेशबहादुर ठाडा मगरलाई बधाई समेत ज्ञापन गरेको थियो ।