मुस्लिम महिला उत्थान मञ्चले डल तथा कुसन बनाउन तालिमको आयोजना गरेको छ । बीरगंज महानगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग र मुस्लिम मञ्चको आयोजनामा डल तथा कुसन बनाउने तालिम अभियान शुरु भएको छ । वडा नम्बर ७ की कार्यवाहक वडा अध्यक्ष राजकुमारी चमईनको प्रमुख अतिथीमा आयोजना गरीएको तालिम कार्यक्रमको उद्घाटन गरीएको हो । मुस्लिम महिला मञ्चकी अध्यक्ष नुसरत परवीन अध्यक्षतमा भएको कार्यक्रममा वडा सदस्य जितेन्द्र सिंह र वडा सचिव सतीश कुमार सिंह लगायतको उपस्थिती रहेको थियो ।