गैर कानुनी तरिकाले संचालन हुदै आएको बीरगंज महानगरपालिका वडा नम्बर ९ घंटाघर नजिकै रहेको बिपी उद्यानको जग्गामा तरकारी थोक तथा खुदा्र बजार नहट्दा बीरगंज महानगरपालिका कर्मचारीहरु माथी शंका उब्जिएको छ । महानगरपालिका मेयर सरावगीले अतिक्रमण गरेर बसेका बिपी उद्यानको जग्गा जसरी पनि खाली हुने यस दैनिकका सम्वदातालाई प्रतिक्रिया दिएको दुई हप्ता बितीसक्दा पनि हाल सम्म बिपी उद्यानको जग्गामा तरकारी थोक तथा खुदा्र बजार संचालन हुदै आईरहेको छ । मेयर सरावगीले बिपी उद्यान जग्गामा अतिक्रमण गरेर बसेका ब्यतिmहरुलाई खाली किन गराउन सक्नु भएन् चासो बिषय बनेको छ । महानगरपालिकाबाट आधिकारिक स्वीकृती नलिई अबैध तरिकाले संचालनमा आएको बजारबाट दैनिक ५० हजार देखी ८० हजार रुपैया उठने गरेको छ । उठाएको रकम महानगरपालिकाको राजस्वमा दाखीला नभई कर्मचारीको खल्तीमा जाने गरेको बिपी उद्यानमा तरकारी ब्यवसायी गर्दे आएका एक ब्यापारीले भने, पटक पटक महानगरपालिकाले खाली गराउनका लागी ताकेदा गर्दा तरकारी थोक तथा खुद्रा बजारका ब्यतिmहरुले बजारबाट मोटो रकम उठाई महानगरपालिकाका केही भष्ट्र कर्मचारीहरुलाई दिने गरेका छन् । जब महानगरपालिकाबाट ताकेदा आउंछ तब बजारबाट तीन लाख भन्दा बढी रकम उठाएर दिने गरेको ती ब्यापारीको भनाई रहेको छ । अतिक्रमण गरिएको बिपी उद्यानको जग्गा खाली गराउनका लागी बीरगंज महानगरपालिकाले २०७८÷०९÷२५ गते च।नं। १२१८५ बाट जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै “महानगरपालिकाको स्वामित्वमा रहेको वडा नं। ९स्थित घण्टाघरदेखि उत्तरतर्फ रहेको खाली जग्गामा अविलम्ब पार्क निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकोले सो कार्यकालागि उक्त खाली जग्गमा अनाधिकृत रुपमा बन्द व्यापार, व्यवसाय गर्दै आएका सम्पूर्ण व्यवसायीहरूलाई जग्गा खाली गर्न पटक पटक मौखिक एवं लिखित सूचना गर्दा समेत खाली नगरेकोले अन्तिम पटकको लागि मिति २०७८ पौष १६ गतेमा ७ ९सात० दिने सूचना प्रकाशित गरी सबैमा जानकारी गराउ“दा समेत हालसम्म खाली नगरेको पाइएकोले पौष २६ गते सोमबार बिहान ११ः०० बजे बजार खाली गराउन महानगरको प्राविधिक टोली र नगर प्रहरी जान लागेकोले सो कार्यमा शान्ति सुरक्षाकोलागि आवश्यक पहल गरिदिनु महानगरपालिकाले पठाएको पत्रमा देखिन्छ बीरगंजको ईनर्वा देखी गण्डक सम्म अतिक्रमण गरेर बसेका ब्यतिmहरुलाई महानगरपालिकाले हटाउन समस्या नहुने तर बिपी उद्यानको जग्गामा गैर कानुनी तरिकाले संचालन भईरहेको तरकारी थोक तथा खुदा्र बजार नहटाउनुको कारण के हो ? उतm बजारबाट ठुलो रकमको चलखेल भईरहेको स्पष्ट देखिएको छ । महानगरपालिकाबाट खटिएका नगर प्रहरी फुटफाटमा माछा बेच्ने देखी तरकारीवाल सम्म रकम उठाउनेमा मस्त रहेका छन् । नगरमा अतिक्रमण गरेर बसेका ब्यापारीहरुलाई हटाउने काम महानगरपालिकाको हो । नगर प्रहरीले अतिक्रमण कम बरु रकम उठाउने गरेको दुश्य हेर्न पाईएको छ । बीरगंजको मुर्ली चौक स्थित रहेको नेपाल टेलीकमको पश्चिम भागको सडक खण्डमा फुटफाटमा माछा बेच्दै आएका ब्यापारी संग रकम नलिए सम्म नगरप्रहरीले सडक खण्डमा माछा पसल संचालन गर्ने दिदैन् ।