जिल्ला प्रशासन कार्यालय बाराका कर्मचारीले सेवाग्राही माथि हातपात गर्नुको साथै दुब्र्यहार गरेको घटना सार्वजनिक भएको छ । महागढीमाई नगरपालिका कार्यालयका एम्बुलेन्स चालक जलान्धर यादवले आफन्तको नागरिताको प्रमाण पत्र बनाउनका लागी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेन्द्र यादवले दुब्र्यहार गरेको जलान्धर यादबको आरोप रहेको छ । नागरिताको प्रमाण पत्रका लागी प्रशासकीय अधिकृत यादब निर जांदा एक्कासी आफुमाथि हातपात भएको पिडीत जालन्धर यादबले भने, जनताको सेवा लागी खटिएका कर्मचारी नै जनता माथी नै हातपात गर्नेथालेपछि के भने भावुक हुन्दै यादबले गुनासो गरेका छन् । हातपात गरी जिल्ला प्रशासन कार्यालयमा खटिएका प्रहरीले आफुलाई तीन घण्टा नियन्त्रणमा लिएको बताएका छन् । अपराधिक जस्तै ब्यवहार भएको जलान्धर यादबको भनाई रहेको छ । नागरिता प्रमाण पत्र बनाउन ढिलो भयो भन्दै प्रशासकिय अधिकृत सुरेन्द्र यादबलाई भन्दा दुब्र्यहार गरेको बताए । यता जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले जलान्धर यादबले कर्मचारी संग दुब्र्यहार गरेको हुनाले प्रहरीको जिम्मा लगाएको बताउनु भयो ।