पर्सा प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ । बीरगंज महानगरपालिका वडा नम्बर १५ स्थित रहेको ओम होटद एण्ड पार्टी प्यालेश अगाडी ना ६३ प ९२७४ नम्बरको कालो रातो रंगको १५० सिसी पल्सर मोटरसाईकलको लक तोडी चोरी गरेर भाग्ने क्रममा प्रहरीले बारा परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरी बस्ने २० वर्षिय साहिल पटेललाई प्रकाउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । प्रकाउ परेका पटेललाई चोरी मृद्धा दर्ता गरी अनुसन्धान प्रकिया अगाडी बढाएको डिएसपी खनालले बताउनु भएको छ । उतm मोटरसाईकल बीरगंज महानगरपालिका वडा नम्बर २१ बस्ने बिश्वास प्रसाद पटेलको नाममा दर्ता रहेको छ ।