बेवारिशे अवस्थामा सशस्त्र प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । बारा जिल्लाको सुर्वण गाउँपालिका वडा नम्बर ७ सन्फुलवा एरियाबाट अबैध गांजा १ सय १२ किलोग्राम बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश छिन्रमस्ता बाहिनी मुख्यालय महोतरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो । बोर्डर आउट पोष्ट गोलागंज बारा तथा डिआईजी मगरको कमाण्डमा खटिएका स्ववायड संयुतm टोलीले बाराको सुर्वणपुरबाट नेपालमा प्रतिबिन्धत रहेको गाँजा ८ वटा पोकामा प्लाष्टिकको बोराले बेरेको अवस्थामा बरामद गरिएको डिआईजी मगरले बताउनु भयो ।