बीरगंजका युवा नेता राजेश मान सिंह नेकपा एमाले पार्टीमा प्रवेश गर्ने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् पर्सा जिल्लाका प्रभावशाली नेता सिंह लगायत हजारौको संख्यामा नेकपा एमालेमा प्रवेश गर्ने चर्चा चलेको छ । नेता सिंहले नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा भेटघाट गरेको तस्बीर सार्वजनिक भएको छ । उतm तस्बीरमा युवा नेता राजेश मान सिंहले दुई हात जोडेर पुर्व प्रधानमन्त्री ओलीलाई नमस्कार गरेको तस्बीर सार्वजनिक भएको हो । तस्बीरमा नेकपा एमालेका नेता एवम् सांसद राजकुमार गुप्ता, सुन्दर कुर्मी पनि रहेका छन् । लोसपाका नेता एवम् पर्सा जिल्लाका प्रभावशाली नेता नेत सिंह एमाले पार्टीमा फाल्गुण १४ गते पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको एमालेका एक नेताले पुष्टि गरेका छन् । फाल्गुण १४ गते आधिकारीक रुपमा सिंहले केपी शर्मा ओलीको उपस्थितीमा बीरगंजमा भब्य कार्यक्रम गरी पार्टी प्रवेश गर्ने भएका छन् । एमालेका नेताले बताए अनुसार नेता सिंहलाई अध्यक्ष ओलीले अगामी स्थानिय निवोचनको लागी एमाले तर्फबाट बीरगंज महानगरपालिका मेयर पदको लागी धोषणा गर्ने भएका छन् । पार्टी प्रवेश कार्यक्रममा नै नेता सिंहलाई आधिकारिक रुपले अध्यक्ष ओलीले मेयर पदका लागी धोषण गर्ने नेकपा एमालेका नेताहरुको दाबी रहेको छ । नेता सिंह एमालेमा प्रवेश गर्ने निश्चित भएपछि लोसपा पार्टीलाई पर्सा जिल्लामा ठुलो धक्का लाग्ने बीरगंजवासीहरुको भनाई रहेको छ । लोकतान्त्रिका पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्ने प्रेमबाबु पटेल, मुकेश दुवेद्धी लगायत हजारौ भन्दा बढी नेता तथा कार्यकर्ताहरु प्रवेश गर्ने भएका छन् । यस सम्बन्धमा राजेश मान सिंह संग बुझन खोज्दा वहाँको मोबाईल सम्र्पक हुन सकेन् ा