पर्सा प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा दुई युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । लिएको छ । बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने ४० वर्षिय बिनोद प्रसाद सहनीले आफनो घरको आंगनमा पार्किग गरेको अवस्थामा ना १६ प २९७४ नम्बरको बेगुनी रँगको एसपेलण्डर मोटरसाईकलको लक तोडी चोरी गरेर भाग्ने क्रममा पर्सा प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने १९ वर्षिय रंजित सहनी र सोही स्थान बस्ने २० वर्षिय सभन पाठकलाई प्रकाउ गरेको हो । सहनीको घरमा पार्किग गरेर राखेको अवस्थामा मोटरसाईकलको लक तोडी लगीरहेको अवस्थमा सहनीले प्रहरीलाई खबर गरेपछि चोरलाई प्रहरीले प्रकाउ गर्ने सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक खनालले बताउनु भयो । प्रकाउ परेका दुबै चोरलाई चोरी मुद्धामा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।