१२ वर्षिय बालक कोरोना भाईरसको संक्रमणले गर्दा बीरगंजको नारायणी अस्तपालमा उपचारको क्रममा मृत्यु भएको छ । धोबिनी गाउापालिका वडा नम्बर ४ बस्ने १२ वर्षिय बालकको कोरोना संक्रमण पुष्टि भएपछि नेशनल मेडिकल क्लेजबाट रिर्फर गरेर थप उपचारको लागी नारायणी अस्पतालमा भर्ना गरीएको थियो । मृत्क बालकको खाना सर्केर फोक्सोमा पुग्दा बालक बेहोस भएपछि उनलाई नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । नेशनल मेडिकल क्लेजबाट रिर्फर भएर थप उपचारको लागी नारायाणी अस्पतालमा भर्ना गरिएका बालकको अवस्था नाजुक रहेको कोभिड संयोजक डाक्टर उदय नारायाण दासले बताउनु भयो । भेन्टीलेटर सर्पाेटका लागी माघ १६ गते नेशनल मेडिकल क्लेजबाट बालकलाई नारायणी अस्पतालमा रिर्फर गरिएको थियो । उपचारको क्रममा मंगलवार सांझ मृत्यु भएको डाक्टर सिंहले बताउनु भयो । मृत्क बालक कोरोना भाईरसको कुन भेरियन्ट संक्रमित भएका थिए हाल सम्म डाक्टरहरुले जानकारी दिएका छैनन् ।