मृत अवस्थामा फेला परेको शवलाई पोष्टमार्डमा गर्नका लागी राज्यले अस्पताल परिसर भित्र कर्मचारी खटाएको हुन्छ । शव ब्यवस्थापन गर्नका लागी राज्यले कर्मचारीलाई तलब दिने ब्यवस्था मिलाएको हुन्छ । शवलाई पोष्ठमार्डको कोठाभित्र लैजानका लागी अस्पतालमा ब्यवस्थापन गनुपर्ने हो । तर बीरगंजको नारायणी अस्पतालमा पोष्टमार्डमको लागी शव कोठा भित्र शव लग्दाको दृश्य हेर्दा अच्चम लागेको छ । शव जनावर जस्तो घिसार्देलगेको दुश्य हेर्दा मानवता नै हराएको देखिन्छ । बीरगंज महानगरपालिका वडा नम्बर दुई बस्ने शाहिब ठकुराई शु्रकवार खोलमा तरेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले पोष्टमार्डमको लागी नारायाणी अस्पतालमा शव बुझाएको हो । अस्पतालका कर्मचारीले मृत्क ठकुराईको शव पोष्टमार्डम गर्नेका लागी व्हीलचेयरमा लैजानु पर्ने हो । अस्पतालका कर्मचारीहरुले जनावर जस्तै घिसार्दे लगेको भिडीयो क्लीप यस दैनिकलाई उपलब्ध भएको छ । शवगृहमा खटिएका कर्मचारीले अस्पतालले शव ब्यवस्थापन गर्नका लागी क्ही चेयर उपलब्ध नगराएपछि आफु बाध्य भएर शवलाई यसरी नै लग्ने गरेको प्रतिक्रिया दिएका छन् । यस सम्बन्धमा नारायणी अस्तपालका मेसु संग बुझन खोज्दा वहां सम्र्पकमा आउनु भएन् ा यसैगरी बीरगंज महानगरपालिका वडा नम्बर दुई बस्ने शाहिब ठकुराईको हत्या भएको भन्दै छपकैयाका स्थानिय वासिन्दाहरु प्रर्दशन समेत गरेका छन् । हत्यारालाई प्रकाउ गर , घटनाको निष्पक्ष छानबीन होस भन्दै प्रहरी प्रशासन बिरुद्ध चर्काैनाराबाजी समेत गरेका छन् ।