युवतीकोे हात समातेको बिषय लिएर झडप हुदां एक भारतीय नागरिक घाईते भएका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० कंचनपुर बस्ने अख्बर मियांको छोरी गुववसा खातुन पसलबाट सामान खरीद गरी घर फक्रिने क्रममा भारत बिहार घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका कंचनपुर बस्दै आएका २२ वर्षिय राजकुमार साहले हात समातेको बिषय लिएर झडप हुदां साह गम्भिर घाईते भएको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले भने, युवती पसलबाट सामान खरीर गरेर घर फक्रिने क्रममा बाटोमा भारतीय नागरिक साहले हात समातेर बाटो छेकेको आफन्तहरुलाई जानकारी गराएपछि खातुनको भाई २० वर्षिय सर्फुल्ला मियांले सिसाको बोतल लिएर साहको टाउको प्रहार गरेका हुन् । सिसाको बोतलबाट गम्भिर घाईते भएका राजकुमार साह तेली गम्भिर घाईते भएका छन् । घाईते साहको कलैया अस्पतालमा उपचार नभएपछि थप उपचारको लागी बीरगंजको नेशनल मेडिकल क्लेजमा रिर्फर गरेको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भयो । साहको अवस्था नाजुक रहेको नेशनल मेडिकल क्लेजका एक चिकित्सकले बताए । बोतल प्रहार गर्र्ने मियां प्रहरीको नियन्त्रणमा रहेका छन् ।