टाटा सुमोले ट्रकलाई ठक्कर दिदां चार जना यात्रु सख्त घाईते भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुंवरले बताउनु भयो । जितपुरबाट सिमरा तर्फ जांदै गरेको ना ४ ख ४५०० नम्बरको ट्रकलाई ना १ ज ३५६३ नम्बरको टाटा सुमोले पछाडिबाट ठक्कर दिदां सुमो सवार भएका चार जना षत्रु घाईते भएको बारा प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा बीरगंज महानगरपालिका वडा नम्बर १० अशोक वाटिक बस्ने २१ व्र्षिय रश्मी महर्जन , भारत बिहार बैशाली जिल्ला करताहा गाउँ बस्ने ४८ वर्षिय प्रेम कुमार , सोही स्थान बस्ने २० वर्षिय साहथद आलम र ३० वर्षिय सिकिन्दर आलमलाई चोट पटक लागेको प्रहरी नायब उपरिक्षक कुवंरले बताउनु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका तराई संघ अगाडी दुर्घटना भएको हो । घाईतेहरुको सिमरा अस्तपालमा उपचार भएपछि घर तर्फ फक्रिएका छन् । ठक्कर दिने टाटा सुमो प्रहरीको नियन्त्रणमा रहेको छ ।