२७ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योड वाईसिलले बीरगंजको मानव सेवा आश्रममा कपडा तथा खाघान्न सामाग्री बितरण गरिएको संगठनको केन्द्रिय सदस्य एवम् जिलला संयोजक ओमप्रकाश गुप्ताले बताउनु भयो । जन दिवसको अवसरमा वाईसिएलले २० थान पछयौरा, ५० थान भेस्ट , २० थान कुर्ता , १० थान प्लाजो फलपफुल लगायत खाघान्न सामाग्री बितरण गरिएको हो । बितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य एवम् महानगर इनचार्ज बाबुराम कौशिक, प्रदेश कमिटि सदस्य रामबाबु बैठा, महानगर कमिटि सचिव सुरेन्द्र गुप्ता, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का इञ्चार्ज अमिताभ बच्चन दास, निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’ का संयोजक छोटेलाल पटेल, वाईसिएल नेपाल पर्सागढी नगरपालिकाका इन्चार्ज विक्रम कार्की, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जिल्ला सदस्य प्रणय साह, वाईसियल महानगर अध्यक्ष विकास पटेललगायतको उपस्थिति रहेको थियो । वाईसियलका जिल्ला अध्यक्ष पिन्टु रौनियारको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको हो ।