सशस्त्र प्रहरी १३ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी टोलीले ६६ लाख २७ हजार २ सय ४९ रुपैया तस्करीको कपडा सहित मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो । बिशेष सुचनाको आधारमा भारतीय पिकअप सहित लाखौ रुपैया भन्दा बढीको भारतीय कपडा बरामद गरी थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारमा पठाएको छ । १३ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक तेज पोख्रेललाई भन्सार छली अबैध तरिकाले तस्करीको सामाग्री लोड गरी बीरगंज तर्फ आउने सुचना पाएपछि प्रहरी नायब उपरिक्षक सुमन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतको बाटो प्रयोग गरी आईसिपि हुदै बीरगंज तर्फ आउंदै गरेको भारतीय द्यच् द्दद्द न्ब् द्धढज्ञट नम्बरको पिकअप नियन्त्रणमा लिई चेकजांच गर्दा बिलबिजक भन्दा बढी २९ लाख २९ हजार , ८ सय ८६ रुपैया बराबरको कपडा बरामद भएपछि नियन्त्रणमा लिएको हो । प्रहरीले पिकअप सहित ३९ लाख , २९ हजार , ८ सय ८६ रुपैया मुल्यांडकन गरी थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको १३ नम्बरका गणपति पोख्रेले बताउनु भयो । यसैगरी सशस्त्र प्रहरी नायब उपरिक्षक निर्मल कुमार थापाको कमाण्डमा खटिएको टोलीले बिलबिजक भन्दा बढीको सामाग्री लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ । आईसीपीबाट बीरगंंज तर्फ आउंदै गरेको ना ३ ख १८८४ नम्बरको ट्रकलाई शंंकाको आधारमा नियन्त्रणमा लिई चेकजांच गर्दा बिलबिजक नभएको अवस्थामा ४ लाख ९७ हजार , ३ सय ६३ रुपैया बराबारको ऋभलतभच ज्यभि क्बmभत, ख्बअ ऋबउबअष्तयच प्यलबचपक्बmभत र एचष्लतभम एबउभच द्ययह नियन्त्रणमा लिएको सशस्त्र प्रहरी १३ नम्बर गणपति तेज पोख्रेलले बताउनु भएको छ । अबैध तरिकाले लोड गरेर ल्याएको टक्र सहित २६ लाख, ९७ हजार, ३ सय ६३ रुपैया मुल्याडकन गरी थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय बारामा पठाएको सशस्त्र प्रहरी उपरिक्षक पोख्रेलले जानकारी दिनुभयो ।