बीरगंज नगर एरियाबाट पैठारी गरी भन्सार छली ओसार पोसार गरीरहेको अवस्थामा पर्सा प्रहरीले ३ लाख , ८४ हजार , १ सय ४० रुपैयाको तस्करीको सामाग्री नियन्त्रणमा लिई बीरगंज भन्सार पठाएको पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताउनु भयो । प्रहरी गस्ती गर्ने क्रममा अबैध तरिकाले भन्सार छलेर ओसार पोसार गर्दे गरेको अवस्थामा प्रहरीलाई तस्करहरुले हेर्न बितीकै तस्करीको सामान छाडेर फरार भएका हुन् । प्रहरीले हार्डवेयर पार्टस, लता कपडा तथा खाद्दान्न सामाग्रीहरु नियन्त्रणमा लिई थप कारवाहीको लागी भन्सार पठाएको प्रहरी नायब उपरिक्षक खनालले बताउनु भएको छ ।