करेण्ट लागेर बारामा एक युवकको ज्यान गएको छ । बारा जिल्ला आदर्श कोलवाल गाउँपालिका वडा नम्बर ५ रुपौली बस्ने २२ वर्षिय रंजित पटेलको करेण्ट लागेर घटनास्थलमा मृत्यु भएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । मृत्क पटेल खेतको मकैबारीमा पानी पटाउनको लागी मोटर चलाउंदा एक्कासी करेण्ट लागस् घाईते भएका थिए । घाईते भएका रजित पटेललाई उपचारको लागी कलैया अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजेश थापाले बताएका छन् । यसैगरी बारा प्रहरीले चोरी गरेको समान सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मटिअर्वा गस्ती गर्ने क्रममा कलैया उपमहानगरपािलका वडा नम्बर १४ बघवन बस्ने १९ वर्षिय छोटेलाल चौधरी सोही स्थान बस्ने १८ वर्षिय सतार अंसारीले कागजपत्र नभएको भारतीय द्यच् ण्ट क् छडढटण्(१
मोटरसाईकलमा पुरानो एलसीडी एक थान , बुफर एक थान डोर्याउदै ल्याईरहेको अवस्थामा प्रहरीलाई शंका लागेपछि शरीर खानतलाशी गर्दा एक थान खुकुरी र पेचकश एक थान बरामद भएको हो । प्रहरीले चौधरी र अंसारीलाई अनुसन्धान गर्दे जांदा चोरी गरेर ल्याएको बारा प्रहरी समझ स्वीकार गरेको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भएको छ । चोरी गरेको आरोपमा दुबैजनालाई प्रहरीले चोरी मुद्धा दर्ता गर्ने प्रक्रियामा रहेको बुझनमा आएको छ ।