पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा राजस्व छलेर अबैध तरिकाले चक्लेट तथा पाचकहरु ल्याईरहेको अवस्थामा ट्रक सहित नियन्त्रणमा लिएको छ । बीरगंज महानगरपालिका वडा नम्बर १७ स्थित रहेको आईसीपी सडकखण्ड नजिकै ल्ीण्ज्ञीटछद्धड भारतीय नम्बरको ट्रक भित्र रहेको बिभिन्न किसीमको चक्लेट र पाचकहरु चेकजांच गर्दा प्रज्ञानपत्रमा कम मुल्यांडकन गरी भन्सार छली गरी ल्याएको हुनाले चक्लेट तथा पाचक सहित ट्रक नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताउनु भयो । उतm ट्रकमा लोड गरीएको चक्लेट लगायत मालबस्तुहरु हनुमान सप्लायर्समा भण्डार गर्न लागेको सुचना आएको प्रहरी नायब उपरिक्षक खनालले भने, नियन्त्रणमा लिएको चक्लेट र पाचक सहित ट्रकको ६० लाख मुल्यांडकन गरी थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय बारामा पठाएको बताउनु भयो ।