लागु औषध सहित मोटरसाईकल मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ७ रतुवा स्थित भित्रि गा्रमिण सडकखण्डमा तामलाडबाट मनहरी तर्फ आउंदै गरेको अनटेस्ट २२० सिसि पल्सर मोटरसाईकल शंकाको आधारमा प्रहरीले रोकेर चेकजांच गर्दा मोटरसाईकलमा सवार भएका ब्यतिmले प्रहरीलाई हेर्न बितीकै झोला छाडी फरार भएका हुन् । प्रहरीले झोला भित्रबाट पांच किलो अफिम जस्तो देखिने पदार्थ र एक लाख नगद रुपैया बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् प्रवतmा राजकुमार सापकोटाले बताउनु भयो । लागु औषध छाडेर फरार भएका ब्यतिmको खोजललाश भईरहेको प्रहरीले जनाएको छ ।